Previous
Previous Product Image

Shunya Praharko Sakchi

NPR200.00
Next

गहिराइ

NPR450.00
Next Product Image

घामभन्दा पहिले

NPR300.00

नेपाली छन्द कविताको क्षेत्रमा आफ्नो प्रखर उपस्थिति जनाइसकेकी भवानी खतिवडा अब नियात्राकारको रूपमा झुल्किएकी छिन्‌ । कोकगोष्ठीमा समच्छन्दी टिप्पणी गरेर आफ्नो काव्यिक प्रतिभा प्रस्तुत गरिरहेकी स्रष्टाको यो नियात्राकृति घामभन्दा पहिले पनि उस्तै चखिलो पाएँ । आशीर्वाद छ- यो अक्षरयात्रा कहिल्यै नरोकियोस्‌ ।

Category:

Description

नेपाली नियात्रा विधामा उदीयमान नक्षत्रको रूपमा रहेकी भवानी खतिवडाको कलमबाट नेपालका हिमालहरू बोलेको देखेर एकदमै आह्लादित भएको छु | यिनको लेखनीबाट नेपालको विशिष्ट भूगोल, कला, साहित्य र हाम्रो समृद्ध सामाजिक बनौटको स्वरूप झल्किरहोस्‌ भन्ने हार्दिक शुभेच्छा व्यक्त गर्दछु ।

अनुभवको ताउलोमा खारिएर साहित्यको खलियोमा पसेकी भवानी खतिवडा छन्दमा सुललित कविता लेख्ने स्रष्टा हुन्‌ । उनले महाकवि लक्ष्मीप्रसाद देवकोटा काव्य सम्मानमात्र होइन, अन्य विधामा पनि थुप्रै सम्मान र पुरस्कार प्राप्त गरिसकेकी छन्‌ । उनमा त्यसको अभिमान छैन । अभाव, अशक्तमाथि सहयोग गरिहाल्छिन्‌ तर प्रतिफलको गुनासो छैन | प्रस्तुत घामभन्दा पहिले यात्रानिबन्ध लेखनको जादुमय शब्दशिल्पले हामीलाई चमत्कृत बनाउँछ तर कस्तूरीलाई आफ्नै सुवासको पत्तो छैन ।

यात्राको गतिसँगै छङछडिदै सम्बन्धित भूभागका प्रकृति र जीवनलाई हृदयसित एकाकार तुल्याई निजात्मक रागले पर्याप्त मात्रामा रँगाएर परिष्कृत-प्रवाहमय भाषा र रसमय उन्मुक्त शैलीमा कवित्वको छिनोले कुँदिएका हुँदा भवानी खतिवडाका यी नियात्राले मलाई मोहनी लगाएका छन्‌ |

Reviews

There are no reviews yet.

Be the first to review “घामभन्दा पहिले”

Your email address will not be published. Required fields are marked *

Shopping cart

0
image/svg+xml

No products in the cart.

Continue Shopping
Shikha Books